२० वर्षदेखि बन्द विराटनगर जुट मिल चलाउन उद्योगले अर्थसँग माग्यो २५ करोड

Oct 26, 2017 RSS



उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि अर्थसँग बजेट माग गरेको छ। उद्योगले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग २५ करोड रुपैयाँ ऋण माग गरिएको उद्योग राज्यमन्त्री रेशम लामाले बताए।

 

करिब एक अर्ब ५५ लाख ऋण लिएको मिलले त्यसको सावा र ब्याज तिर्न बाँकी छ। मिल सञ्चालन हुँदा मुलुकको कूल मागको करिब ७५ प्रतिशत जुटको उत्पादन हुने गरेको बताइएको छ।

विभिन्न समयमा भएका राजनीतिक अस्थिरता तथा राजनीतिक नियुक्तिले गर्दा विसं २०५४ देखि मिल सञ्चालन हुन सकेको छैन। परोक्ष तथा अपरोक्ष गरी करिब १५ हजारलाई रोजगारी दिन सक्ने यो मिल सञ्चालन गरी बेरोजगारी घटाउन पर्ने उद्योग राज्यमन्त्री लामाले बताए।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स


मिलको इतिहासलाई हेर्ने हो भने विसं २००४ मा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत नेताले मजदुर आन्दोलन गरी राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीसमेत बनेका थिए।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।