२७८ प्रतिशतले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी चार रुपैयाँ पुगेन

Nov 05, 2017 merolagani



युनाइटेड मोदी हाइड्रोपावर कम्पनी (UMHL) ले चालु आर्थिक वषको पहिलो त्रैमासमा ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा २७८ प्रतिशतले बढी हो ।

गत वर्षको यहि अवधिमा उसको नाफा एक करोड १० लाख रुपैयाँ मात्र थियो ।

कम्पनीले यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ गत वर्षको यहि अवधिमा यस्तो आम्दानी ७ करोड १७ लाख रुपैयाँ थियो। साथै कम्पनीको अन्य आम्दानी चार करोड ३२ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ४२ लाख रुपैयाँ रहेको छ । जसले १९ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

युनाइटेड मोदीले साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको छ । जलविद्युत कम्पनीले गत फागुनमा १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी तीन रुपैयाँ ६४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ९ दशमलव ०७ रुपैयाँ  र तरलता अनुपात ७ दशमलव ७५ प्रतिशत रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।