मर्चेण्ट बैंकले पनि खोल्न थाले शाखा, एनआईबिएल क्यापिटलले एकै पटक २ स्थानमा खोल्यो

Nov 15, 2017 Merolagani

एनआईबिएल क्यापिटलले लगनखेल तथा पोखरामा शाखा सञ्चालनमा ल्याएको छ । मुलुकमै पहिलो पटक मर्चेण्ट बैंकको शाखा बिस्तार भएको हो । बुधबार एक कार्यक्रमका बिच एनआईबिएल क्यापिटल लगनखेल शाखाको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

उपत्यका भित्र लगनखेल, ललितपुर तथा उपत्यका बाहिर चिप्लेढुङ्गा, पोखरामा क्यापिटलले शाखा सञ्चालनमा ल्याएको हो । सेयर बजारका लगानीकर्ताको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गरी क्यापिटलले शाखा सञ्चालनमा ल्याएको हो । मर्चेन्ट बैंकिङ्ग अन्र्तगतका विभिन्न सेवाहरु सबै लगानीकर्तालाई सहजै उपलब्ध गराउनका लागि राजधानी तथा मोफसलमा शाखा बिस्तार गरिएको क्यापिटलले जनाएको छ ।

लगनखेल शाखाको उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे, नेपाल धितोपत्र बोर्डका प्रतिनिधी लगायतको उपस्थिती थियो ।

नेपाल इन्भेष्टमेन्ट बैकको सहायक कम्पनी एनआईबिएल क्यापिटलले पहिलो चरणमा दुई वटा शाखा विस्तार गरेको हो । देशव्यापी रुपमा लगानीकर्ताको सक्रियता बढेको अवस्थालाई मध्यनजर गर्दै निकट भविष्यमा देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खेल्ने क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

एनआईविएल क्यापिटलले मर्चेन्ट बैकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभूति सेवा लगायत सामूहिक लगानी कोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनका सेवाहरु प्रदान गर्दै आएको छ । निकट भविष्यमा नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर परामर्श सेवाहरु समेत संचालनमा ल्याउने तयारी क्यापिटलले गरेको छ । क्यापिटलले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी, होटल गरी ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी काम गर्दै आएको छ ।

सबैभन्दा ठूलो बैंकका रुपमा स्थापित इन्भेष्टमेण्ट बैंकका सबै शाखाबाट पनि लगानीकर्तालाई सेयर बजार सम्बन्धि केही सेवाहरु उपलब्ध गराउन प्रतिबद्ध रहेको बैंकले जनाएको छ । केही समय अघिसम्म २० करोड रुपैंया चुक्ता पूँजी रहेको क्यापिटल एस क्यापिटलसँग मर्जमा गएको थियो । मर्जर पश्चात क्यापिटलको चुक्ता पूँजी २७ करोड रुपैंया पुगेको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।