नेपाल बङ्गलादेश बैंकको ८६ औं शाखा दमकमा

Apr 02, 2019 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले शाखा विस्तारको क्रममा आफ्नो ८६ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकले चैत्र १७ गतेबाट झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ गरेको हाे।

उक्त शाखाको औपचारिक समुद्घाटन दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका सञ्चालक मुकुन्दनाथ ढुङ्गेलले गरेका हुन्।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

दमक शाखाहरु सहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ६७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।