नेपाल बङ्गलादेश बैंकको ८६ औं शाखा दमकमा

Apr 02, 2019 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले शाखा विस्तारको क्रममा आफ्नो ८६ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकले चैत्र १७ गतेबाट झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ गरेको हाे।

उक्त शाखाको औपचारिक समुद्घाटन दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका सञ्चालक मुकुन्दनाथ ढुङ्गेलले गरेका हुन्।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

दमक शाखाहरु सहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ६७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।