ज्योति विकास बैंकको एकै दिन पाँच शाखा विस्तार

Jan 31, 2019 Merolagani



ज्योति विकास बैंक (JBBL) ले माघ १६ गते एकैदिन पाँच नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ। बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हाे।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा बैंक छ ।

हालसम्म बैंकले एक लाख ६० हजारभन्दा बढी खाताबाट २३.५० अर्बभन्दा बढी निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत २०.३३ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ । यस बैंकले हाम्रो विकास बैंकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।