गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

Jan 31, 2019 Merolagani

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले माघ १६ गते बुधबारदेखि काठमाण्डौंको नयाँ बानेश्वरमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको छ ।

नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन ।

यस विकास बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

साथै बैंकले गत वर्षको तुलनामा ५४.८१ प्रतिशतले वृद्धि गरी ४३ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफामा आर्जन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।