प्रभु लाइफ इन्स्योरेन्सका तीन शाखा थपियो

Feb 07, 2019 Merolagani



प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (PLIL) ले आफ्ना नेपालगञ्ज, घोराही र बुटवलमा थप तीन नयाँ शाखा कार्यालयहरुको शुभारम्भ गरी कारोबार सुरु गरेको छ। नेपालगञ्ज, घोराही तथा बुटवल तीनवटै शाखा कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले माघ २०, २१ र २३ गते गरेको हुन्।

अध्यक्ष घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरे।

कार्यक्रममा कम्पनीका नि. प्रमूख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु विस्तार गर्दै लैजाने जानकारी दिए।

दुई अर्ब जारी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीहरुको तर्फबाट एक अर्ब ४० करोड चुक्ता भैसकेको छ भने निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने तयारीमा कम्पनी छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।