कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

Jan 20, 2020 08:01 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले प्रदेश ५ मा एकैसाथ दुई शाखा ककार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सो शाखाहरु माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको हो।

बैंकले प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि समुद्घाटन गरेको हो।

योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन्। बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ।

साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग भी ५ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।