गुहेश्वरी मर्चेण्टको एघारौं शाखा भैरहवामा, बुटवलमा पनि शाखा स्थापना गर्ने

Jan 21, 2019 Merolagani



गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GFMIL) ले आफ्नो ११ औं शाखा विस्तार गरेको छ। फाइनान्सले रुपन्देहीको भैरहवा देवकोटा चोकमा थप नयाँ शाखा माघ ७ गते विस्तार गरेको हो।

फाइनान्सले चाडै नै बुटवलमा पनि विस्तार गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक कुमार पौडेलले फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेश लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ समेतको उपस्थितिमा शाखा विधिवत रुपमा सुभारम्भ गरेको हो ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ३ अर्ब ३० करोड निक्षेप संकलन गरी तथा २ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले ५ करोड २६ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

फाइनान्सको चुक्तापूँजी ८० करोड रुपैयाँ तथा जगेडा कोषमा १५ करोड ९७ लाख रुपैयाँ छ ।

बैकिङ्ग सेवामा एटीएम, एसएमएस बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, इसिसि, आइपिएस, सेफ डिपोजिट लक्कर, रेमिटेन्स, डिपी, सिआश्वा लगायतको सुबिधा रहेको फाइनान्ले जनाएको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख सम्मको निक्षेप बीमा सुविधा समेत रहेको फाइनान्सले जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।