सार्वजनिक विदाले सानिमा इक्वीटी फण्डमा आवेदन गर्ने म्याद सोमबारसम्म बढ्यो

Dec 01, 2017 Merolagani

सानिमा इक्वीटी फण्डका इकाईमा आवेदन गर्न चाहनेहरुले थप २ दिनको समय पाएका छन् । विविध कारणले आवेदन गर्न नपाइएला कि भन्नेहरुले आगामी सोमबारसम्ममा आवेदन गर्न पाउने भएका हुन् । शुक्रबार सरकारले सार्वजनिक विदा घोषणा गरे पछि इकाईमा आवेदन गर्ने म्याद १८ गतेसम्म थपिएको हो ।

यस अघि फण्डका इकाईमा आवेदन दिने अन्तिम म्याद आज अर्थात १५ गतेसम्मलाई तोकिएको थियो । भोलि शनिबार पर्नु अनि आइतबार पनि उभौली पर्वको सार्वजनिक विदा पर्नुले सोमबार इकाईमा आवेदन गर्न सकिने भएको हो । फण्डका इकाईमा ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने सानिमा क्यापिटलले जनाएको छ ।

सानिमा इक्विटी फण्डले निष्काशन गरेको १२ करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरेको हो ।

कहाँ गर्ने आवेदन ?

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ ।

कति गर्ने आवेदन ?

उक्त फण्डमा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि दुई करोड ४० लाख रुपैयाँ अर्थात २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । माग भन्दा बढी आवेदन परेमा कोषको आकार एक अर्ब ५० करोडको हुनेछ । बिहीबारसम्म इकाईमा आवेदन गर्नेहरु उत्साहजनक सहभागिता रहेको सानिमा क्यापिटलले जनाएको छ । यस आधारमा फण्डको आकार २५ प्रतिशतले स्वतः बढ्ने देखिन्छ ।

सात बर्षे बन्दमुखी यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने अवस्था बन्नेछ । ७ वर्षमा परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटवर्थ प्रतिसेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउँनेछ ।

संकलित अधिकांश रकम सेयरबजारमा

कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

सानिमा बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालन रहने ‘सानिमा इक्विटी फण्ड’ पहिलो सामूहिक लगानीकोष योजना हो । सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ ।

सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित सानिमा क्यापिटल धितोपत्र व्यबसायी (मर्चेण्ट बैंकर) को रुपमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनी हो । यस कम्पनीले लगानि ब्यबस्थापन सेवा, म्युचुअल फण्ड सञ्चालन, धितोपत्र निश्काशन तथा बिक्रि प्रबन्धक, धितोपत्र प्रत्याभुति सेवा, शेयर रजिष्ट्रार सेवा तथा निक्षेप सदस्यता सेवा उपलब्ध गराउदै आएको छ ।

सामूहिक लगानी कोषमा कसरी लगानी सुरक्षित हुन्छ ?

सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका, शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।

सेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्था लगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।

बर्षेनी ईकाईधनीले लाभांश पाउनुका साथै अवधि समाप्त भएपछि जम्मा प्रतिफल सहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।

पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण समेत यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ । यसका कारण नै पछिल्लो समय एकपछि अर्काे गर्दै म्युचुअल फण्डहरु आउन थालेका छन् ।

शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु उत्तम विकल्प हुनसक्छ । यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । जोखिम कम हुने र राम्रो प्रतिफल प्राप्त गर्ने हुँदा दोश्रो बजारको लगानीभन्दा सामुहिक लगानी कोषको लगानी सुरक्षित मानिन्छ ।

इकाईधनीले इकाईको अबधि सकिएपछि नाफा सहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिनेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।