राष्ट्रिय बीमा कम्पनी र फर्स्ट माईक्रोफाइनान्सको बोनस सूचीकृत

Dec 04, 2017 Merolagani



नेपाल स्टक एकसचेञ्जमा राष्ट्रिय बीमा कम्पनी र फस्र्ट माईक्रोफाइनान्सले सोमबार बोनस सेयर सूचीकरण गराएका छन् । दुबै कम्पनीको गरि कुल २० लाख १७ हजार १२० कित्ता सेयर सूचीकृत भएको हो ।

राष्ट्रिय बीमा कम्पनीले गत बैशाखमा तीन आर्थिक बर्षको वितरण गरेको करिब ११५ प्रतिशत बोनस बराबरको १४ लाख २१ हजार ९९५ दशमलव ५९ कित्ता बोनस सूचीकृत गराएको हो । 

बोनसपछि बीमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

लामो समय लेखापरिक्षण गर्न नसकेको कम्पनीले आर्थिक वर्ष २०६३/०६४ र २०६४/०६५ तथा २०६५/०६६ सम्मको लेखा परीक्षण सकिएर बीमा समितिबाट स्वीकृत भैसकेको र थप २ आर्थिक वर्षहरु २०६६/०६७ र २०६७/०६८ सम्मको लेखापरीक्षण भैरहेको कम्पनीले जनाएकाे छ । 

बीमा कम्पनीले संस्थापक र सर्वसाधारणको हिस्सा ७० अनुपात ३० कायम गर्नका लागि थप नयाँ सेयर (एफपीओ) समेत निष्काशन गर्ने तयारी समेत थालेकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाटवितरण गरेकाे १५ प्रतिशत बराबरको पाँच लाख ९५ हजार १२५ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । लघुवित्तको असोज ८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले  सो बोनस पारित गरेको थियो ।

साधारण सभाले बोनसपछि कायम भएको लघुवित्तको पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत अनुमोदन गरेको थियो ।




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।