स्ट्याण्डर्ड चार्टर्ड सहित चार कम्पनीको बोनस नेप्सेमा सूचीकृत

Mar 27, 2018 Merolagani



नेपाल स्टक एक्स्चेञ्जमा मंगलबार स्ट्याण्डर्ड चार्टर्ड सहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैक, माछापुच्छ्रे बैंक, एनएमबि माइक्रोफाइनान्स तथा एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्डको चार करोड ५७ हजार १५३ कित्ता, माछापुच्छ्रेको ६६ लाख ५१ हजार ४९० कित्ता, एभरेष्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय र एनएमबि माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस सेयर सूचिकत भएको हो ।

गत बर्षको कमाई र जगेडा कोषबाट चार्टर्डले शतप्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै माछापुच्छ्रे बैंकले ९ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सले २५ प्रतिशत तथा एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस वितरण गरेको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।