स्ट्याण्डर्ड चार्टर्ड सहित चार कम्पनीको बोनस नेप्सेमा सूचीकृत

Mar 27, 2018 Merolagani



नेपाल स्टक एक्स्चेञ्जमा मंगलबार स्ट्याण्डर्ड चार्टर्ड सहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैक, माछापुच्छ्रे बैंक, एनएमबि माइक्रोफाइनान्स तथा एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्डको चार करोड ५७ हजार १५३ कित्ता, माछापुच्छ्रेको ६६ लाख ५१ हजार ४९० कित्ता, एभरेष्ट इन्स्योरेन्सको २ लाख २ हजार ५ सय र एनएमबि माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता बोनस सेयर सूचिकत भएको हो ।

गत बर्षको कमाई र जगेडा कोषबाट चार्टर्डले शतप्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै माछापुच्छ्रे बैंकले ९ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सले २५ प्रतिशत तथा एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस वितरण गरेको थियो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।