सूर्या लाईफ इन्स्योरेन्सको बोनस सूचीकृत

Jan 19, 2018 Merolagani



सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीले शुक्रबार ६ लाख ५६ हजार २५० कित्ता कित्ता सेयर सूचीकरण गराएको हो ।

 

सूर्या लाईफको गत भदौ २७ गते सम्पन्न नवौं बार्षिक साधारणसभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यहि सेयर कम्पनीले शुक्रबार सूचीकरण गराएको हो ।

साथै कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा बोनसपछि कायम पूँजीको ४० प्रतिशत (१० बराबर चार अनुपातमा)  २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद शेयर जारी गर्न  धितोपत्र बोर्डमा पुस २४ गते निवेदन पेश गरेको छ । हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँको रहेको कम्पनीको ४० प्रतिशत बराबरको कित्ता हकप्रद जारी पश्चात एक अर्ब एक करोड छ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

जीबन बीमा कम्पनीले बीमा समितिकाे निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुर्इ अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ कराेड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले पाँच करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३८ पैसा कायम गरेको छ । 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।