नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको बोनस सूचीकृत

May 27, 2018 Merolagani



नेपाल स्टक एक्चेञ्जमा नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको बोनस आइतबार सूचीकृत भएको छ । कोषको २२ प्रतिशत तथा पूर्णिमाको १९.१९ प्रतिशत बोनस सूचीकृत भएको हो ।

दुबै कम्पनीको गरि २४ करोड ७४ लाख ८२ हजार रुपैयाँ बराबरको बोनस सूचीकृत भएको हो । नागरिक लगानी कोषले १६ लाख २८ हजार ५८२ कित्ता र पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नागरिक लगानी कोषको गत वैशाख ७ गतेको सम्पन्न २२ औं वार्षिक साधारण सभाले २२ प्रतिशत र पूर्णिमा विकास बैंकको गत पुस २८ गते  सम्पन्न १० औं बार्षिक साधारण सभाले १९.१९ प्रतिशत बोनस सेयरधनीलाई वितरण गर्ने प्रस्ताव  पारित गरेको थियो ।

यसैगरि काबेली विकास बैंकको दुई लाख २६ हजार ६६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । बैंकले संस्थापक साधारण सेयर अनुपात ५१४९ कायम गर्न १९ प्रतिशत संस्थापक साधारण सेयरमा रुपान्तरण गरेको हो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।