नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको बोनस सूचीकृत

May 27, 2018 Merolagani



नेपाल स्टक एक्चेञ्जमा नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको बोनस आइतबार सूचीकृत भएको छ । कोषको २२ प्रतिशत तथा पूर्णिमाको १९.१९ प्रतिशत बोनस सूचीकृत भएको हो ।

दुबै कम्पनीको गरि २४ करोड ७४ लाख ८२ हजार रुपैयाँ बराबरको बोनस सूचीकृत भएको हो । नागरिक लगानी कोषले १६ लाख २८ हजार ५८२ कित्ता र पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नागरिक लगानी कोषको गत वैशाख ७ गतेको सम्पन्न २२ औं वार्षिक साधारण सभाले २२ प्रतिशत र पूर्णिमा विकास बैंकको गत पुस २८ गते  सम्पन्न १० औं बार्षिक साधारण सभाले १९.१९ प्रतिशत बोनस सेयरधनीलाई वितरण गर्ने प्रस्ताव  पारित गरेको थियो ।

यसैगरि काबेली विकास बैंकको दुई लाख २६ हजार ६६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ । बैंकले संस्थापक साधारण सेयर अनुपात ५१४९ कायम गर्न १९ प्रतिशत संस्थापक साधारण सेयरमा रुपान्तरण गरेको हो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।