आइएमई लाइफले ६० करोडको आइपीओ जारी गर्ने

Dec 20, 2017 merolagani



आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर (आइपीओ )  जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा साधारणसभा राखेको छ ।



२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात्  ६० करोड साधारण शेयर निष्कासन गर्नेछ ।

१ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनीले गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो ।

साथै साधारण सभाले संचालक समितिको निर्वाचन र लेखापरीक्षक नियुक्त समेत गर्नेछ ।

कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।