स्वाभिमान माइक्रोले एक लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने

Oct 23, 2018 Merolagani



स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीको कार्तिक ५ गते सम्पन्न दोस्रो बार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले सर्वसाधारणका लागि ३० प्रतिशतले हुन आउने एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले ३० प्रतिशत शेयर जारी गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले साधारण शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने आईपिओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा समेत आवेदन गरिसकेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका १९ वटा शाखा कार्यालय छन्। असोज मसान्तसम्म कम्पनीमा १० हजार ७५७ ग्राहक, ७ हजार ३८६ ऋणी पुगेका छन् । कम्पनीले ५१ करोड ऋण लगानि गरेको छ भने बचत संकलन १४ करोड ७२ लाख छ । कम्पनी चालु बर्षमा ७ शाखा थप्ने लक्ष्य राखेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपिओ बिक्री पश्चात लघुविवत्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।