सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित बाेलायाे साधारण सभा

Sep 20, 2019 11:14 AM Merolagani



सिटिजन लाइफ इन्याेरेन्स (CLICL) ले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको छ। इन्याेरेन्सले  असोज २९ गते दिउँसो ३ बजे होटल हिमालयन, कुपण्डोल, ललितपुरमा साधारणसभा बोलाएको हो। 

इन्याेरेन्सले साधारण सभामा  चुक्ता पूँजी वृद्धि गर्न आईपीओ  निष्काशन गर्ने   प्रस्ताव लैजाने भएको हो ।

हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाईफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्ये कै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

त्यसैगरी साधारण सभाले  खाली रहेको एक सञ्चालक समिति सदस्यकाे समेत चयन गर्ने एजेण्डा छ । 

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।