घट्यो एफपीओ क्रेज, बीपीसीमा लगानीकर्ता नाफा नोक्सान केलाउँदै

Feb 04, 2018 Merolagani



थप नयाँ सेयर भन्ने बित्तीकै आवेदकको अधिक चाप पर्ने गरेका यस अघिका उदाहरणहरुमा ब्रेक लागेको छ। दोस्रो बजारमा नै एफपीओको मूल्यमा सेयर पाउने सम्भावना देखेपछि बुटवल पावर कम्पनी (BPCL) को थप नयाँ सेयरमा आवेदन गर्दा लगानीकर्ता नाफा नोक्सानको हिसाव गर्न थालेको देखिएको छ ।  

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार बीपीसीको एफपीओमा शुक्रबारसम्ममा ६९ हजारको हाराहारीमा आवेदन परेको छ । दोस्रो बजारमा तिब्र रुपमा सेयर मूल्य घट्न थाले पछि कम्पनीको एफपीओमा आकर्षण नदेखिएको हो । २ अर्ब ४ करोड १५ लाख रुपैंयाको सेयर निष्काशन गरेको हो ।

बजारमा लगानीयोग्य रकमको चरम अभाव हुनु अनि कम्पनीको एफपीओ महंगो हुनुले आवेदकहरु पछि सरेका हुन् । क्यापिटलका अनुसार बीपीसीको एफपीओमा शुक्रबारसम्ममा झण्डै ९१ करोड रुपैयाँको मात्र आवेदन परेको छ ।

शुक्रबारसम्मको तथ्यांकलाई हेर्दा कम्पनीको एफपीओमा अझै १ अब ४ करोड रुपैंयाको आवेदन संकलन गर्नु पर्ने हुन्छ । ढिलोमा फागुन १५ सम्मका लागि कम्पनीले एफपीओ निष्काशन गरेको छ । त्यस बेलासम्ममा दोस्रो बजारमा नै कम्पनीको सेयर मूल्य धेरै तल आउन सक्ने अवस्था बजारले देखाई सकेको छ । आइतबार मात्रै दोस्रो बजारमा बीपीसीको सेयर मूल्य ३१ रुपैंयाले घटेर ५८० रुपैंयामा झरेको छ ।

कम्पनीको वित्तीय अवस्था बुझेका र नाफा घाटाको अवस्था आँकलन गर्न सक्ने ठुला लगानीकर्ताले बीपीसीको एफपीओमा आवेदन गरेका छैनन् । आईपीओ र एफपीओ भन्ने बित्तीकै उत्साहित हुने सामान्य लगानीकर्ताले मात्र कम्पनीको एफपीओमा आवेदन गरेका छन् ।

कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्रीमा आएकोमा शुक्रबारसम्ममा १८ लाख कित्ता सेयर मात्र बिक्री भएको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।