चिलिमे हाईड्रोपावर कम्पनीको खुद नाफा घट्यो,बीपीसीको भने बढ्यो

May 12, 2017 merolagani



चिलिमे हाईड्रोपावर कम्पनी (CHCL) को खुद नाफा गत आर्थिक बर्षको तेस्रो त्रैमासको ७० करोड ४६ लाखबाट ५२ लाख २९ हजार रुपैयाँ घटेर ६९ करोड ९४ लाख रुपैयाँमा झरेको छ । अर्को जलविद्युत्त कम्पनी बुटवल पावर (BPCL) ले  १६.७४ प्रतिशत वृद्धि गरेर ६८ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा बुटवलको खुद नाफा ५८ करोड ५५ लाख थियो ।

चिलिमेको विद्युत बिक्रीबाट हुने आय गत वर्ष ८२ करोड ७१ लाखबाट झण्डै दुई करोड बढेर ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । उता बुटवल पावरको विद्युत बिक्रीबाट हुने आय गत वर्ष ४७ करोड ८२ लाखबाट १३.३७ प्रतिशतले बढेर ५४ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा चिलिमेको सेयर पूँजी ३१ करोड ३४ लाख रुपैयाँ बढेर तीन अर्ब ४४ करोड ७९ लाख रुपैयाँ रहेको छ । जसको प्रतिसेयर आम्दानीमा २.९३ रुपैयाँ घटेर २७.०५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३५.४० रुपैयाँ, र मूल्य आम्दानी अनुपात ३३.२० गुणा रहेको छ ।

उता बुटवल पावरको गतबर्ष तेस्रो त्रैमासभन्दा यस त्रैमासमा १३ करोड ७३ लाख रुपैयाँ सेयर पूँजी बढेर एक अर्ब ८१ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।

उसको दुई अर्ब ३३ करोड ९६ लाख रुपैयाँ रिजर्भ कोष र प्रतिसेयर आम्दानी २.७६ रुपैयाँ बढेर ३७.७५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२९.२२ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १७.९६ गुणा रहेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।