सानिमा इक्वीटी फण्डको इकाई नेप्सेमा सूचीकृत, अर्को सातादेखि कारोबार गर्न सकिने

Feb 20, 2018 Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो पटक निष्काशन गरेको ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फण्डको १३ करोड इकाई मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।

फण्डको इकाइ सूचीकृत भएसँगै इकाई धनीले अर्को सातादेखि कारोबार गर्न सक्नेछन् ।

सानिमा बैंक प्रवद्र्धक तथा सानिमा क्यापिटल योजना ब्यबस्थापक रहि मंसिर १२ गतेदेखि २२ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको एक अर्ब ३० करोड रुपैयाँ बराबरको १३ करोड इकाई विक्री खुला गरेको थियो । 

जसमा आवेदन गरेका सबैले मागअनुसारको नै इकाई प्राप्त गरेका थिए ।

इकाइको बाँडफाँड गर्दा रितपुर्वक आवेदन दिने २१ हजार १३५ जना आवेदकलाई मागे बमोजिम १० करोड ९७ लाख सात हजार ३२० इकाई बाँडफाँड गरिएको थियो । बाँकी दुई करोड दुई लाख ९२ हजार ६८० इकाईलाई वीज पूँजी कायम गरिएको थियो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।