सानिमा इक्वीटी फण्डको इकाई नेप्सेमा सूचीकृत, अर्को सातादेखि कारोबार गर्न सकिने

Feb 20, 2018 Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो पटक निष्काशन गरेको ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फण्डको १३ करोड इकाई मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।

फण्डको इकाइ सूचीकृत भएसँगै इकाई धनीले अर्को सातादेखि कारोबार गर्न सक्नेछन् ।

सानिमा बैंक प्रवद्र्धक तथा सानिमा क्यापिटल योजना ब्यबस्थापक रहि मंसिर १२ गतेदेखि २२ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको एक अर्ब ३० करोड रुपैयाँ बराबरको १३ करोड इकाई विक्री खुला गरेको थियो । 

जसमा आवेदन गरेका सबैले मागअनुसारको नै इकाई प्राप्त गरेका थिए ।

इकाइको बाँडफाँड गर्दा रितपुर्वक आवेदन दिने २१ हजार १३५ जना आवेदकलाई मागे बमोजिम १० करोड ९७ लाख सात हजार ३२० इकाई बाँडफाँड गरिएको थियो । बाँकी दुई करोड दुई लाख ९२ हजार ६८० इकाईलाई वीज पूँजी कायम गरिएको थियो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।