सानिमा इक्वीटी फण्ड शुक्रबारदेखि बन्द हुँदै, फण्डकाे अाकार के हुन्छ ?

Dec 08, 2017 Merolagani

सानिमा इक्वीटी फण्डको इकाईमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन रहेको छ । फण्डको निष्काशन बन्द हुने म्याद छिटोमा मंसिर १५ गतेसम्म भएपनि सार्वजनिक विदा र निर्वाचनका कारण शुक्रबारसम्म लम्बिएको हो ।

सानिमा क्यापिटलले दिएको विहीबारसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार फण्डमा २० हजार आवेदकले १२२ करोड रुपैयाँको आवेदन गरेका छन् । फण्डकाे अाकारअनुसार माग भएपछि अाजदेखि निष्काशन बन्द गर्न लागिएकाे क्यापिटलले जनाएकाे छ ।

फण्डका लागि शुक्रबार पर्ने आवेदनले फण्डको आकार कति बढ्नेछ भन्ने निक्यौल हुने क्यापिटलले जनाएको छ । नियमानुसार फण्डको आकार १५० करोड रुपैयाँसम्म बढाउन पाइने प्रावधान रहेको छ ।

 

 

 

 

 

 

 

 

 

सानिमा इक्विटी फण्डले निष्काशन गरेको १२ करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वसाधारणमा निष्काशन गरेको हो ।

कहाँ गर्ने आवेदन ?

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ ।

कति गर्ने आवेदन ?

उक्त फण्डमा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि दुई करोड ४० लाख रुपैयाँ अर्थात २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

७ बर्षे बन्दमुखी यो योजना सेयर बजारमा सूचीकृत भएपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउनेछन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने अवस्था बन्नेछ । ७ वर्षमा परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटवर्थ प्रतिसेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउँनेछ । 

संकलित अधिकांश रकम सेयरबजारमा लगानी हुने  

कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

सानिमा बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालन रहने ‘सानिमा इक्विटी फण्ड’ पहिलो सामूहिक लगानीकोष योजना हो । सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ ।

सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित सानिमा क्यापिटल धितोपत्र व्यबसायी (मर्चेण्ट बैंकर) को रुपमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनी हो । यस कम्पनीले लगानि ब्यबस्थापन सेवा, म्युचुअल फण्ड सञ्चालन, धितोपत्र निश्काशन तथा बिक्रि प्रबन्धक, धितोपत्र प्रत्याभुति सेवा, शेयर रजिष्ट्रार सेवा तथा निक्षेप सदस्यता सेवा उपलब्ध गराउँदै आएको छ ।  

सामूहिक लगानी कोषमा कसरी लगानी सुरक्षित हुन्छ ?

सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका, शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।

सेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्था लगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।

बर्षेनी ईकाईधनीले लाभांश पाउनुका साथै अवधि समाप्त भएपछि जम्मा प्रतिफल सहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।

पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण समेत यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ । यसका कारण नै पछिल्लो समय एकपछि अर्को गर्दै म्युचुअल फण्डहरु आउन थालेका छन् ।

शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु उत्तम विकल्प हुनसक्छ । यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । जोखिम कम हुने र राम्रो प्रतिफल प्राप्त गर्ने हुँदा दोश्रो बजारको लगानीभन्दा सामुहिक लगानी कोषको लगानी सुरक्षित मानिन्छ ।

इकाईधनीले इकाईको अबधि सकिएपछि नाफा सहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।