जनता बैंकको एक करोड कित्ता बोनस सूचीकृत

Mar 23, 2018 Merolagani



जनता बैंक नेपाल (NBNL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १४.४० प्रतिशत बराबरको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत गरेको छ । बैंकले एक करोड ७० हजार ९१९ दशमलव ३५ कित्ता सेयर सूचीकृत गरेको हो ।

जनता बैंकले गत आर्थिक बर्षमा नाफाबाट एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ बराबरको एक करोड ७० हजार ९१९ दशमलव ३५ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव पुस २८ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले पारित गरेको थियो । सोही सेयर शुक्रबार सूचीकृत भएको हो ।

बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।