इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनस सूचीकृत

Apr 26, 2018 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा बिहीबार इन्भेष्टमेन्ट बैंक (NIB) को एक करोड ४० लाख ५२ हजार २०१ दशमलव ३५ कित्ता बोनस सूचीकृत भएको छ । बैंकले गत अार्थिक बर्षमा वितरण गरेकाे बाेनस सूचीकरण गराएकाे हाे ।

बैंकको गत कात्तिक ७ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंककाे २५ प्रतिशत नगद लाभांश भने डिम्याट गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलार्इ वितरण गरिसकेकाे बैंकले जनाएकाे छ । 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।