इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनस सूचीकृत

Apr 26, 2018 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा बिहीबार इन्भेष्टमेन्ट बैंक (NIB) को एक करोड ४० लाख ५२ हजार २०१ दशमलव ३५ कित्ता बोनस सूचीकृत भएको छ । बैंकले गत अार्थिक बर्षमा वितरण गरेकाे बाेनस सूचीकरण गराएकाे हाे ।

बैंकको गत कात्तिक ७ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंककाे २५ प्रतिशत नगद लाभांश भने डिम्याट गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलार्इ वितरण गरिसकेकाे बैंकले जनाएकाे छ । 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।