पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाइ ईन्धन र ग्यासको मूल्य यथावत

Apr 17, 2018 merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचना बमोजिम पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गरेको जनाएको छ ।

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा २ रूपैयाँ ९१ पैसा नाफा हुने र डिजेलमा शुन्य रूपैयाँ ७६ पैसा घाटा रहेको निगमले जनाएको छ ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव २१ करोड हुने देखिएको छ ।

निगमले हवाई ईन्धन र एलपि ग्यासको मूल्य भने यथावत राखेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।