गएका तीनबर्ष यथार्थपरक बजेट नआउँदा तरलता र ब्याजदर वृद्धिमा चाप

Apr 18, 2018 merolagani



आर्थिक वृद्धि ४.६ प्रतिशत रहने प्रक्षेपण
विगतका केहि आर्थिक बर्षका बजेटहरु यथार्थपरक नआएकाले नेपालको वित्तीय क्षेत्रमा तरलताको अभावसँगै ब्याजदरमा वृद्धि देखिएको विश्व बैंकले ठहर गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दे अवास्तविक बजेटको असर वित्तीय क्षेत्रमा देखा परेको उल्लेख गरेको छ ।

विश्व बैकंले विगत तीन वर्षदेखि नेपालमा तरलता अभाव भएको र त्यसको प्रमुख कारण यथार्थपरक बजेट नबन्नुलाई प्रमुख कारण मानेको छ । स्रोत नभए पनि बजेटमा कार्यक्रम देखाउने र वित्तीय सुशासन कायम नगर्ने मामलामा नेपाल अगाडि देखिएको पनि विश्व बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

विश्व बैङ्कका नेपाल प्रतिनिधि दामिर कौशिकले पछिल्ला तीन आर्थिक वर्षको बजेट ’अवास्तविक’ तरिकाले निर्माण गरिएकाले नै तरलता अभावसँगै ब्याजदर वृद्धिको समस्या आएको बताएका हुन् । उनले स्रोतबीना बजेटको आकार बढाउने, पैसा खर्च नगरी कोषमा थुपारेर राख्ने र निजी क्षेत्रले परिचालन गर्ने रकम सरकारको कोषमा थुप्रिएर बस्ने जस्ता कारणले वित्तीय क्षेत्रमा उतारचढाव देखिएको बताए।

आर्थिक वृद्धि ४.६ प्रतिशत मात्र

साथै विश्व बैकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण समेत गरेको छ । सरकारले चालू आर्थिक वर्षर्म ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । केही दिनअघि एसियाली विकास बैंकले ४.९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

 

हिउँदे बालीमा आएको गिरावट, रेमिट्यान्सको घट्दो अवस्थालगायतका कारण सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेटाउन कठीन हुने विश्व बैंकले जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।