संघीयता कार्यान्वयनमा विश्व बैंकले सघाउने

Jun 10, 2018 Merolagani



विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीसँग आईतबार भएको शिष्टाचार भेटमा विश्व बैंकले यस्तो प्रतिबद्धता जनाएको हो ।

नेपालका लागि विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा नेपालस्थित उक्त बैंकको जिम्मेवारी सम्हाल्ने क्रममा राजधानीमा रहनुभएका नवनियुक्त देशीय निर्देशक फारिस हादाद जेर्भोसले प्रधानमन्त्री ओलीसँग आइतबार उनकै कार्यकक्षमा भेट गरेका थिए ।

संघीयतालाई संस्थागत गर्ने तथा विकासका कार्यक्रम कार्यान्वयनका निम्ति बैंकले नयाँ सहायता ढाँचा तयार पारेको प्रधानमन्त्रीलाई जानकारी दिँदै निर्देशक चिम्याओले लगानीका वातावरणमा सुधार ल्याउन सुदृढ एवं सबल नेतृत्वको अहम् भूमिका हुने बताए ।

विश्व बैंकका देशीय निर्देशकद्वय चिम्याओ र जेर्भोसले अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटेर बजेट वक्तव्यमा उल्लेख भएका रोजगारीका अवसरको सिर्जना, मानव विकास, न्यायपूर्ण विकास र निजी क्षेत्रको सहभागिताको स्वागत गरेका छन् ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।