सेयर बजारमा अस्वभाविक उतारचढाव : डेपुटी गभर्नर

May 02, 2018 Merolagani



नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सेयर बजारमा अस्वभाविक उतारचढाव देखिएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ कार्यक्रममा उनले सेयर बजारमा देखिएकाे पछिल्लो अवस्थालाई अस्वभाविक उतार-चढावको रुपमा टिप्पणी गरेका हुन् ।

हाल मुलुकको आर्थिक अवस्था मिश्रित अवस्थामा रहेको उल्लेख गर्दे शिवाकोटीले बैंकिग क्षेत्रमा लगानी योग्य रकम अभावकै स्थिति रहेको बताए ।

बैंकहरुको निक्षेप १३ प्रतिशतले बढ्दा कर्जा २१ प्रतिशतले बढेको छ । औषत ब्याजदर नै १०.४ प्रतिशत पुगेको छ । उनले भने ।

तर पनि आगामी दिनमा वित्तीय क्षेत्रमा सहजता आउने शिवाकोटीको भनाई छ । १५२ बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ७५१ शाखा संचालनमा आइसकेको जानकारी दिदै उनले यसले वित्तीय पहुँचमा सुधार आउने बताए । साथै उनले शाखा नपुगेका स्थानीयतहमा असार मसान्तसम्म शाखा खोलिसक्न बैंकहरुको ध्यानकर्षण समेत गराए ।

त्यस्तै डेपुटी गभर्नर शिवाकोटीले बैंकहरुले उत्पादनशील क्षेत्रको कर्जा विस्तारका साथै गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।