राप्ती हाईड्रोले ३३.१६% हकप्रद निष्कासन गर्ने

May 02, 2018 Merolagani

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन्ले चुक्ता पूँजीको ३३.१६ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ८ लाख २१ हजार ७७३ कित्ता हकप्रद निष्काशनको निणर्य गरेको हो ।

कम्पनी हालसम्म नेप्सेमा सूचीकृत भएको छैन । अहिले कायम रहेका सेयरधनीले कम्पनीले जारी गर्ने ३३.१६ प्रतिशत हकप्रदमा जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन गर्न सक्नेछन् । हकप्रद अावेदन फारम राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे कार्यालय ब्लुस्टार कम्पेक्स् त्रिपुरेश्वरबाट प्राप्त गर्न र बुझाउन सक्नेछन् । 

सेयरधनीले अाफ्नाे हकभन्दा बढीकाे हकप्रद अावेदन समेत दिन पाइने र यसरी बढी माग गर्ने सेयरधनीलार्इ कबुल नगरिएकाे सेयरबाट वितरण हुने कम्पनीले जनाएकाे छ । हकप्रद वापतकाे रकम कुमारी बैंक र प्राइम कमर्सियल बैंकमा रहेकाे कम्पनीकाे खातामा रकम जम्मा गरेर साे काे बैंक भाैचर दरखास्त फारमसाथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

६० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीको चुक्ता पूँजी २४ करोड ७८ लाख रुपैयाँ रहेको छ । यो हकप्रदको बाँडफाँँड पश्चात कम्पनीको पूँजी ३३ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।