निक्षेपमा भएको ब्याजदर बृद्धिको सकारात्मक असर कम्पनीको खुद नाफामा सकरात्मक प्रभाव परेको हो । चालू आवको ९ महिना अवधिमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३३ करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यद्यपी कम्पनीलाई जलविद्युत आयोजनामा लगानी बढाउने भन्दा बैंकमा बचत गरेर नाफा कमाउने आरोप लाग्दै आएको छ । कम्पनीले उदेश्य जलविद्युत्त कम्पनीमा सेयर इक्वीटी बढाउने भएपनि कम्पनी अाफैँलै वित्तीय विवरणमा विदेशमा बस्ने नेपालीहरुसँग मिलेर निमार्ण गर्ने रेमिट हाईड्रोको कार्य अगाडि बढ्न नसकेको स्वीकार गरेको छ ।
एचआईडिसीएलले नौ अर्ब ४८ करोड नगद बैंकमा राखेको छ भने एक अर्ब २७ करोड विद्युत आयोजनाहरुमा लगानी गरेको छ ।
कम्पनीले बैंक निक्षेपको ब्याजबाट ८८ करोड ९१ लाख तथा आयोजनामा गरेको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको उल्लेख गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले निक्षेपको ब्याजबाट ४८ करोड तथा आयोजनामा गरेको लगानीबाट दुई करोड १३ लाख कमाएको थियो ।
१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा र प्रति सेयर नेटवर्थ एक सय ११ रुपैयाँ छ । उसले जगेडा कोषमा एक अर्ब ११ करोड सञ्चित गरेको छ ।