महिला सहयात्राको खुद नाफामा सामान्य सुधार

May 14, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा महिला सहयात्रा माईक्रोफाईनान्स (MSMBS)ले गत आर्थिक बर्षको तुलनामा ८३ हजार खुद नाफा बढाएर ५८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको निक्षेप संकलन र कर्जा विस्तारबाट आम्दानी बढेपनि ब्याज खर्च, कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र खराब कर्जा नोक्सानी व्यवस्थामा रकम व्यवस्था गर्दा अपेक्षित नाफा बढ्न सकेको छैन । 

माईक्रोफाईनान्सले चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ र एक कारेड ५२ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ । लघुवित्त कम्पनीको निक्षेप संकलन १०८ र कर्जा विस्तार ६७ प्रतिशतले प्रतिशतले बढाएको छ । लघुवित्तले १२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ७१ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तेश्रो त्रैमाससम्ममा ७ करोड ६५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको माईक्रोफाईनान्सले तीन करोड ६८ लाख रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्यज आम्दानी तीन करोड ९६ लाख रुपैयाँ गरेको छ ।

अन्य सञ्चालन खर्च ६९ लाख बढेर दुई करोड १६ लाख कर्मचारी खर्च ६० लाख बढेर एक करोड ९३ लाख खर्च कम्पनीले गरेको छ । त्यस्तै खराब कर्जा २.९४ प्रतिशत रहेपश्चात माईक्रोफाईनान्सले एक करोड ३४ लाख नोक्सानी व्यवस्थामा खर्च गरेको छ ।

कम्पनीको ४६ लाख ३७ हजार रुपैयाँ मात्र सञ्चालन मुनाफा गरेको छ । ४४ लाख ९५ हजार खराब कर्जा असुलीले कम्पनीको खुद नाफा ५८ लाख रुपैयाँ पुगेको हो ।

माईक्रोफाईनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसा, प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ र आम्दानी अनुपात १०२.४३ गुण बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।