तेश्रो त्रैमासमा १८ फाइनान्स कम्पनीले कस्तो निकाले वित्तीय विवरण ?

May 16, 2018 Merolagani

- तीर्थराज पौड्याल
चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा सूचीकृत रहेको फाइनान्स कम्पनीमध्ये १८ वटा फाइनान्सले मंगलबारसम्म आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन् ।  गोर्खाज फाइनान्स, मल्टीप्रर्पोज फाइनान्स, बर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स,र नेपाल फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

वित्तीय विवरण प्रकाशित नगरेका फाइनान्समध्ये केही कम्पनी समस्याग्रस्त सूचीमा परेर हालसालै नियमित सञ्चालनमा आएका कम्पनी रहेका छन् भने केहीले प्रकाशित गर्न बाँकी छ । 

चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका १८ फाइनान्समध्ये आईसीएफसीले सबैभन्दा बढी आठ करोड आठ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा प्रोगेसिभ फाइनान्स सबैभन्दा कमजोर साबित भएको छ । कम्पनी ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

यसैगरि श्री इन्भेष्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, सिर्जना फाइनान्स, ललितपुर फाइनान्स र युनाइटेड फाइनान्स कम्पनीले पाँच करोड रुपैयाँ बढी नाफा कमाएका छन् ।

गत बर्ष यसै अवधिमा खराब कर्जा असुलीबाट सिनर्जी फाइनान्सले सबैभन्दा बढी २१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा बेष्ट फाइनान्स कम्पनी दुई करोड ५० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चार फाइनान्सले पुर्याए राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी

चालू आर्थिक बर्षको ९ महिना अवधिमा आईसीएफसी, युनाइटेड, गुडविल र गुहेश्वरी फाइनान्सले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड कायम गरेका छन् । अन्य चार फाइनान्सहरु सेन्ट्रल, मञ्जुश्री, पोखरा र रिलायन्स फाइनान्स कम्पनीको चुक्ता पूँजी ७० करोड बढी छ ।

प्रोगेसिभ, ललितपुर, सिटी एक्सप्रेस (साबिक कुबेर मर्चेन्ट) , बेष्ट (साबिक जनरल फाइनान्स) र हाथवे (साबिकको अरुण) फाइनान्स कम्पनीको चुक्ता पूँजी ३० करोड भन्दा कम रहेको छ ।

पाँच फाइनान्स सञ्चित जगेडा नोक्सानीमा

पोखरा फाइनान्स कम्पनीले चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा सबैभन्दा बढी ३९ करोड रुपैयाँ जगेडा सञ्चित गर्दा सिटी एक्सप्रेसको सबैभन्दा बढी २२ करोड रुपैयाँ जगेडा नोक्सानी ब्यहोरेकाे छ ।

सिनर्जी फाइनान्स १६ करोड, हाथवे ११ करोड, ललितपुर फाइनान्स ९ करोड र बेष्ट फाइनान्स ८ करोड रुपैयाँ जगेडा नोक्सानीमा रहेको छ । पाँच फाइनान्स कम्पनीहरु जगेडा नाेक्सानीमा पुगेका हुन् ।

श्री इन्भेष्टको ३७ करोड , आईसीएफसी, रिलायन्स, युनाइटेड र सेन्ट्रल फाइनान्स कम्पनीको जगेडा २० करोड माथि रहेको छ ।

चार फाइनान्सले मात्र बढाए नाफा

यस अवधिमा हाथवे, बेष्ट, मञ्जुश्री र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले मात्र गत आर्थिक बर्षको भन्दा आफ्नो खुद नाफा बढाएका छन् । बेष्टले गत आर्थिक बर्षको यसै अवधिमा ११ लाख खुद नाफा कमाएकोमा एक करोड ७७ लाख पुर्याएको छ । बेष्ट फाइनान्स दुई करोड ५० लाख नोक्सानीबाट तीन करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ । मञ्जुश्री फाइनान्सले ४९ र श्री इन्भेष्टले ९ प्रतिशत बढीले आफ्नो खुद नाफा बढाएको छ ।

१४ फाइनान्सको नाफा घटेको छ । सबैभन्दा बढी प्रगेसिभ फाइनान्सको नाफा एक करोड १७ लाखबाट ९७ लाख नोक्सानीमा पुगेको छ भने ललितपुर, आईसीएफसी, गुडविल, जानकी, सेन्ट्रल, जेबिल्स र सिनर्जी फाइनान्सको नाफा ५० प्रतिशत बढीले घटेको छ ।

७ फाइनान्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ बढी, ललितपुर फाइनान्सको सबैभन्दा उच्च

ललिपुर फाइनान्स कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा बढी ३० रुपैयाँ ६४ पैसा रहेको छ । सिर्जना, बेष्ट, सेन्ट्रल, श्री इन्भेष्ट, आईसीएफसी, र पोखरा फाइनान्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ बढी रहेको छ । गुडविल, रिलायन्स, जेबिल्स् फाइनान्सको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ कम रहेको छ भने प्रगेसिभ फाइनान्स ६ रुपैयाँ नोक्सानीमा देखिन्छ ।

सेन्ट्रल फाइनान्समा शतप्रतिशत खराब कर्जा, श्री इन्भेष्ट फाइनान्सको शून्य प्रतिशत भन्दा कम
समस्याग्रस्त संस्थाबाट मुक्त भएर कारोबार सुरु गरेको सिटी एक्सप्रेस (कुबेर मर्चेन्ट) को खराब कर्जा शतप्रतिशत रहेको छ भने श्री इन्भेष्ट फाइनान्सले बाणिज्य बैंकसँग प्रतिस्पर्धी रुपमा शून्य प्रतिशतभन्दा कम ०.२२ प्रतिशत रहेको छ । राष्ट्र बैंककाे फाइनान्स कम्पनीहरूले पाँच प्रतिशत भन्दा बढी खराब कर्जा राख्न नपाउने प्रावधान छ ।

ललितपुर फाइनान्सको ९४ प्रतिशत, बेष्टको ५८, सिनर्जीको २३, जानकी फाइनान्सको १६ र हाथवे फाइनान्स कम्पनीको ८ प्रतिशत बढी खराब कर्जा रहेको छ । जेबिल्स् फाइनान्स कम्पनीको पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी खराब कर्जा रहेको छ ।

 

नेटवर्थमा श्री इन्भेष्ट फाईनान्स अब्बल हुँदा सिटी एक्सप्रेस सबैभन्दा कमजोर

चालू आवको तेश्रो त्रैमासमा श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको नेटवर्थ फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी छ । फाइनान्सको नेटवर्थ कतिपए बाणिज्य बैंकहरुको भन्दा बढी १५९ रुपैयाँ रहेको छ । पोखरा फाइनान्सको १५१, जेबिल्स १४६, सिर्जना र रिलायन्स र आईसीएफसी फाइनान्सको नेटवर्थ १३० रुपैयाँ बढी देखिन्छ ।

सबैभन्दा सस्तो सेयरमूल्य रहेको फाइनान्सको मूल्यआम्दानी अनुपात सबैभन्दा बढी

जेबिल्स् फाइनान्सको सेयरमूल्य फाइनान्स कम्पनीमध्ये सबैभन्दा कम रहँदा पनि मूल्य आम्दानीको आधारमा हेर्दा यस फाइनान्सको मूलय आम्दानी अनुपात सबैभन्दा बढी देखिएको छ । प्रतिकित्ता ११४ रुपैयाँ सेयरमूल्य रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात ९७.४४ गुणा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी बार्षिक एक रुपैयाँ ९४ पैसा छ ।

सबैभन्दा कम मूल्य आम्दानी अनुपात रहेको कम्पनीमा ललितपुर फाइनान्स परेको फाइनान्स परेको छ । प्रतिकित्ता सेयरमूल्य १६९ रुपैयाँ रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात ५.५२ गुणा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी बार्षिक ३० रुपैयाँ ६४ पैसा रहेको छ ।

यस अवधिमा सिर्जना फाइनान्सको सेयरमूल्य सबैभन्दा २९२ र श्री इन्भेष्टको सेयरमूल्य २३२ रुपैयाँ रहको छ भने सेन्ट्रल, रिलायन्स र जेबिल्स् फाइनान्सको सेयरमूल्य १२० रुपैयाँ भन्दा कम रहेको छ ।

मल्टीपर्पोज फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि घट्यो नाफा, खराब कर्जा उच्च

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।