ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग

May 25, 2018 Merolagani



बैतडीको सुरेना गाउँपालिका मोतीनगरमा जेठ ९ गते बुधबार देखि ८५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको ग्लोबल आइएमई बैंक (GBIME) ले सामाजिक उत्तरदायित्व अर्न्तगत जिल्लाको दुई विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको छ ।

बैंकले नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५-५ थान कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ । 

शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बुधबार घटाल माध्यमिक विद्यालयमा र विहीबार भुवनेश्वर माध्यमिक विद्यालय ५-५ थान कम्प्युटर प्रदान गरेका हुन् ।

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।

हालसम्म बैंकले १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।