रिलायवल डेभलपमेन्ट बैंक प्राप्ती गर्ने ग्लोवल आईएमईको प्रस्ताव पारित, असारभित्रै एकीकृत कारोबार थाल्ने

Jun 23, 2017 Merolagani



ग्लोबल आइएमई बैंक लिमीटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभाले रिलायवल डेभलपमेन्ट बैंकलाई प्राप्तिको निर्णय गरेको छ । एक अर्ब एक करोड रुपैयाँ चुक्तापूँजी रहेको र बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबललाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । 

उता रिलायवल डेभलपमेन्ट बैंकको शुक्रबार नै सम्पन्न भएको विशेष साधारणसभाले ग्लोबल आईएमईसँग प्राप्ती हुने सहमति जनाएको छ । साथै नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिएर असार मसान्तभित्रै एकीकृत बित्तीय कारोबार थाल्ने तयारी साथ अगाडि बढेको ग्लोबल आइएमई बैंकले जनाएको छ । 

साधारणसभाले डिडिए प्रतिवेदनको सिफारिस अनुसार रिलायवल डेभलपमेण्ट बैंक लिमिटेडको एक सय कित्ता सेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ८२.९० कित्ता सेयर दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

रिलायवल गाभिएपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी आठ अर्ब आठ करोड तीन लाख तथा ग्राहक संख्या ७ लाख भन्दा बढी पुग्नेछ । यसका साथै बैंकको शाखा संख्या ११२, एटिएम ११४, ५ एक्सटेन्सन काउण्टर र शाखारहित बैंकिङ्ग सेवाको संख्या ४६ पुुग्नेछ ।

बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।