मार्जिन कारोबार सेवा सम्बन्धि कार्यविधि पारित भएको १ महिना बितेकाे छ । नियामक निकायका बीचमा समन्वयको अभावका कारण नै कार्यविधि पारित भएको महिना बित्दा समेत लगानीकर्ताले मार्जिन ट्रेडिङको सेवा प्रयोग गर्न नपाएका हुन् । धिताेपत्र बाेर्डले गत जेठ ३ गते मार्जिन ट्रेडिङ सम्बन्धि कार्यविधि पारित गरेकाे थियाे ।
नेप्सेले केन्द्रीय बैंकलाई मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि सेयर दलाल मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था गरिदिन झण्डै महिना दिन पहिले पत्राचार गरेको थियो । तर नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा अझै ठोस निर्णय निकाल्न सकेको छैन । राष्ट्र बैंकमा यस सम्बन्धमा सेयर दलालहरुलाई शर्त राखेर मार्जिन कर्जा दिन लगाउने सम्बन्धमा भने छलफल भएको छ ।
मेरोलगानीसँग कुरा गर्दै राष्ट्र बैंकका डेपुडी गभर्नर शिवराज श्रेष्ठले भने, हामीले राष्ट्र बैंकले वित्तीय अनुसाशनका लागि तोक्ने शर्त पुरा गर्न सक्ने दलाल व्यवसायीलाई मार्जिन कर्जा प्रवाह गर्न अधिकार दिने कि भन्ने विषयमा छलफल भएको छ । तर निर्णय भैसकेको छैन ।
राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा रहेको नियमन समितिले नेप्सेको अनुरोध उपर छलफल गरी थप निर्णय गर्नका लागि गभर्नर वा राष्ट्र बैंक सञ्चालक समितिलाई सिफारिस गर्नेछ ।
कुनै पनि संस्था वा व्यक्तिले कुनै पनि किसिमको कर्जा प्रवाह गर्नका लागि केन्द्रीय बैंकको स्वीकृती लिनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले गरेको व्यवस्था अनुसार केन्द्रीय बैंकको स्वीकृती नलिई व्यक्ति वा कुनै पनि संस्थाले अन्य संस्था वा व्यक्तिलाई कर्जा परिचालन तथा निक्षेप संकलन गर्न पाउँदैनन् ।
यस सम्बन्धमा कार्यविधि पारित भएको ५ दिन पछि मात्र नेप्सेले प्रकृया अघि बढाएको थियो । यदि यस्तो जानकारी बेलैमा गराइएको हुन्थ्यो भने राष्ट्र बैंकले सेयर दलालहरु मार्फत लगानीकर्तालाई कर्जा प्रवाह गर्न बाटो खोल्ने सम्बन्धमा गृहकार्य गरिसकेको हुन सक्थ्यो । जसको नतिजा स्वरुप कार्यविधि पारित हुँदा नै राष्ट्र बैंकले ऐनमा भएको व्यवस्था अनुसार सेयर दलालहरूलाई कर्जा प्रवाह गर्ने बाटो खोलिसकेको हुन्थ्यो ।
उता मेरोलगानीसँगको कुराकानीमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘राष्ट्र बैंकले “गो अहेड” भने पछि तत्काल यो सेवा सुरु हुन्छ ।