नेकोको संस्थापक सेयर लिलामीमा किन्ने सोमबार अन्तिम दिन

Jun 25, 2018 Merolagani

कोष व्यवस्थापन कम्पनीले लिलामीमा ल्याएको नेको इन्स्योरेन्स (NIL) को दुई लाख कित्ता संस्थापक सेयरमा बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन रहेको छ । कोष व्यवस्थापन कम्पनीले आफ्नो स्वामित्वमा रहेको सो सेयर असार ५ गतेदेखि लिलामी ल्याएको थियो ।

कम्पनीले यसअघि जेठ १३ गतेदेखि असार ३ गतेसम्म विद्यमान संस्थापक सेयरधनीलाई आवेदन खुला गरेपनि एउटा पनि आवेदन परेको थिएन । साधारण सेयर जस्तो सजिलै दोस्रो बजारबाट विक्री गर्न नमिल्ने भएकाले संस्थापक सेयरमा आम लगानीकर्ता आकर्षण न्यून देखिन्छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले आवेदन गर्दा न्यूनतम प्रतिकित्ता २४२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी लिलामीमा आएको सम्पूर्ण कित्ताको लागि शिलबन्दी बोलपत्र गर्न सक्ने कम्पनीले जनाएको छ ।

चालू आवको तेश्रो त्रैमासमा कम्पनीले २१ करोड ०३ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ७७ पैसा कायम गरेको छ । आइतबार नेको इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५६१ रूपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।