देवः ले वेस्टर्नलाई खरिद गरेर सबैभन्दा ठूलो विकास बैंक बन्ने

Jul 11, 2018 Merolagani



देव: विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंकबीच मंगलबार एक्विजिशन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । देवले वेस्टर्नलाई खरिद गर्ने भएपछि बुधबारदेखि वेस्टर्नको शेयर कारोबार रोक्का भएको छ ।

स्रोतका अनुसार देव विकास बैंकले एक बराबर एक शेयर दिएर वेस्टर्नलाई खरिद गर्न लागेको हो। दुई विकास बैंक एक भएपछि नयाँ बन्ने बैंकको पूँजी तीन अर्ब पुग्ने बताइएको छ ।

केही समय अगाडि ४० प्रतिशत हकप्रद बिक्री गरेर देवले २ अर्ब २८ करोड चुक्ता पूँजी कायम गरेको छ । गतबर्षको कमाईबाट २४ करोड ७० लाखको बराबर अर्थात १७.१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकको बोनसपश्चात चुक्ता पूँजी दुई अर्ब ५३ करोड पुग्नेछ । बैंकले प्रस्तावित बोनस आजै सम्पन्न ११ औं बार्षिक साधारणले पारित गरेको छ ।

नमस्ते फाईनान्स वित्तीय संस्थासँग मर्जर भएको वेष्टर्नले गतबर्षको कमाइबाट १७.४१ प्रतिशत बोनस पारित गरेको थियो । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुगेको छ ।

दुई बैंक एकिकृत भएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी तीन अर्ब नाघ्नेछ । जुन विकास बैंकहरुमध्येमा सबैभन्दा बढी हुन्छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।