भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अर्थमन्त्री खतिवडाको निर्देशन

Jul 21, 2018 Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन आफु मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी खतिवडाले सो निर्देशन दिएका हुन् ।

पत्रकार सम्मेलनमा  खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । कानुन संशोधनको माध्यामबाट पनि स्थानीय र प्रदेश सरकारको स्रोतमा हुने अभावलाई न्यूनिकरण गर्दै लैजाने अर्थमन्त्री खतिवडाको भनाई छ ।

 

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा करको दायरा भने तत्काल बढाउन सकिने अवस्था नरहेको बताए । वित्तिय हस्तान्तरणको माध्यामबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आइएको उनले स्पष्ट पारे । स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना सरकारको रहेको उनको भनाई छ ।

लगानीका लागि उपयुक्त वातावरण बनाउने दाबी

शुक्रबार अर्थ मन्त्रालयका पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार गठन भएको चार महिनायता करिव ५० अर्ब बैदेशिक सहायता लिइएको जानकारी दिँदै लगानीका लागि मुलुकमा उपयुक्त वातावरण बनाउने काम सरकारले गरेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले आगामी वर्षमा बैदेशिक सहायतालाई बढाउँदै लैजाने नीति लिइएको पनि बताएका छन् । यसरी लिईएको वैदेशिक ऋण तथा सहायतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता पनि खतिवडाले व्यक्त गरेका छन् । वैदेशिक सहायताको सदुपयोग गरेर अघि बढने सरकारको नीति उनको भनाई छ ।

उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको लगानीलाई पनि सरकारले जोड दिएको र आगामी दिनमा पनि दिने उनको भनाई छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।