भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन अर्थमन्त्री खतिवडाको निर्देशन

Jul 21, 2018 Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन आफु मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी खतिवडाले सो निर्देशन दिएका हुन् ।

पत्रकार सम्मेलनमा  खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । कानुन संशोधनको माध्यामबाट पनि स्थानीय र प्रदेश सरकारको स्रोतमा हुने अभावलाई न्यूनिकरण गर्दै लैजाने अर्थमन्त्री खतिवडाको भनाई छ ।

 

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा करको दायरा भने तत्काल बढाउन सकिने अवस्था नरहेको बताए । वित्तिय हस्तान्तरणको माध्यामबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आइएको उनले स्पष्ट पारे । स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना सरकारको रहेको उनको भनाई छ ।

लगानीका लागि उपयुक्त वातावरण बनाउने दाबी

शुक्रबार अर्थ मन्त्रालयका पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार गठन भएको चार महिनायता करिव ५० अर्ब बैदेशिक सहायता लिइएको जानकारी दिँदै लगानीका लागि मुलुकमा उपयुक्त वातावरण बनाउने काम सरकारले गरेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले आगामी वर्षमा बैदेशिक सहायतालाई बढाउँदै लैजाने नीति लिइएको पनि बताएका छन् । यसरी लिईएको वैदेशिक ऋण तथा सहायतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता पनि खतिवडाले व्यक्त गरेका छन् । वैदेशिक सहायताको सदुपयोग गरेर अघि बढने सरकारको नीति उनको भनाई छ ।

उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको लगानीलाई पनि सरकारले जोड दिएको र आगामी दिनमा पनि दिने उनको भनाई छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।