विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

Aug 04, 2018 RSS



नेपाल सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री डा. युवराज खतिवडा शुक्रबार साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन् ।

बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री खतिवडालाई आमन्त्रण गरेको हो ।

भ्रमणबारे जानकारी दिँदै खतिवडाले विश्व बैंक समूहबाट नेपालले आफ्नो विकासका लागि प्राप्त गर्नसक्ने अधिकतम लाभ लिन तथा नेपालको आर्थिक सोच एवं रणनीति र संघीयता कार्यान्वयनको मार्गचित्र प्रस्तुत गर्ने बताए ।

“मुलुकको समग्र विकासको लागि वित्तको अधिकतम उपयोग गर्न नेपाल सरकारको मार्गचित्र प्रस्तुत गर्नका साथै नेपाललाई सहयोग गर्ने अन्य द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग छलफल गर्नेछु,” उनले भने ।

अर्थमन्त्रीले विश्व बैंकका उच्च व्यवस्थापन समूह, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी पनि दिए ।

नेपालको विकासका साझेदारसँग उनीहरुबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रहरूमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा छलफल हुने खर्थमन्त्री खतिवडाको भनाई रहेको छ ।

वर्तमान सरकारले जनतासमक्ष प्रस्तुत गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा भौतिक पूर्वाधारहरूको विकासका लागि थप लगानी जुटाउन यो भ्रमण उपयोगी हुने अपेक्षा आफूले गरेको उनले बताए ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।