व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो

Jul 24, 2018 Merolagani



खुद ब्याज आम्दानी एक अर्ब
गरिमा विकास बैंक(GBBL)को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.७९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३४ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले गत अावमा ४३ करोड ७८ लाख नघाएको हो ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ४६ तथा कर्जा परिचालन ४५ प्रतिशतले बढाएको छ ।

अघिल्लो आवमा १४ अर्ब ५१ करोड निक्षेप संकलन गरेको बैंकले गत आवमा २१ अर्ब २२ करोड पुर्याएको छ । त्यसैगरि १२ अर्ब ९९ करोडको कर्जा लगानी १८ अर्ब ८५ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २५ करोड बढेर एक अर्ब पुगेको छ ।

तीन गुणा बढेको खराब कर्जाको प्रोभिजन, ३७ प्रतिशतको कर्मचारी खर्च तथा २७ प्रतिशत बढी बढेको अन्य सञ्चालन खर्चका बाबजुत बैंकले ६६ करोड ८७ लाख सञ्चालन नाफा गरेको छ ।

बैंकको प्रोभिजन ३ करोड ९ लाखबाट बढेर ९ करोड ६२ लाख, कर्मचारी खर्च १६ करोड ७० लाखबाट २२ करोड ८८ लाख तथा १५ करोड ५१ लाखको अन्य सञ्चालन खर्च १९ करोड ७६ लाखमा पुगेको छ ।

एक बर्ष अवधिमा बैंकको चुक्ता पूँजी १५ प्रतिशत बढेर दुई अर्ब ५३ करोड ४८ लाख पुगेको छ । बैंकले व्यवसाय विस्तारसँगै नाफा बढाउँदा अघिल्लो बर्ष रहेको १५ रुपैयाँ ५५ पैसाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसामा पुगेको छ ।

बैंकको निष्कृय कर्जा ०.२७ प्रतिशत, पूँजीकोष अनुपात १९.३३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १०.५४ गुणा बढी रहेको छ ।

मेरोलगानीको डाटा एनालिटिक्सले गरिमा विकास बैंकले ४६ करोड रुपैंया खुद नाफा कमाउने फोरकाष्ट गरेको थियो ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।