व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो

Jul 24, 2018 Merolagani



खुद ब्याज आम्दानी एक अर्ब
गरिमा विकास बैंक(GBBL)को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.७९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३४ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले गत अावमा ४३ करोड ७८ लाख नघाएको हो ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ४६ तथा कर्जा परिचालन ४५ प्रतिशतले बढाएको छ ।

अघिल्लो आवमा १४ अर्ब ५१ करोड निक्षेप संकलन गरेको बैंकले गत आवमा २१ अर्ब २२ करोड पुर्याएको छ । त्यसैगरि १२ अर्ब ९९ करोडको कर्जा लगानी १८ अर्ब ८५ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २५ करोड बढेर एक अर्ब पुगेको छ ।

तीन गुणा बढेको खराब कर्जाको प्रोभिजन, ३७ प्रतिशतको कर्मचारी खर्च तथा २७ प्रतिशत बढी बढेको अन्य सञ्चालन खर्चका बाबजुत बैंकले ६६ करोड ८७ लाख सञ्चालन नाफा गरेको छ ।

बैंकको प्रोभिजन ३ करोड ९ लाखबाट बढेर ९ करोड ६२ लाख, कर्मचारी खर्च १६ करोड ७० लाखबाट २२ करोड ८८ लाख तथा १५ करोड ५१ लाखको अन्य सञ्चालन खर्च १९ करोड ७६ लाखमा पुगेको छ ।

एक बर्ष अवधिमा बैंकको चुक्ता पूँजी १५ प्रतिशत बढेर दुई अर्ब ५३ करोड ४८ लाख पुगेको छ । बैंकले व्यवसाय विस्तारसँगै नाफा बढाउँदा अघिल्लो बर्ष रहेको १५ रुपैयाँ ५५ पैसाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसामा पुगेको छ ।

बैंकको निष्कृय कर्जा ०.२७ प्रतिशत, पूँजीकोष अनुपात १९.३३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १०.५४ गुणा बढी रहेको छ ।

मेरोलगानीको डाटा एनालिटिक्सले गरिमा विकास बैंकले ४६ करोड रुपैंया खुद नाफा कमाउने फोरकाष्ट गरेको थियो ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।