लुम्बिनी विकास बैंकको खुद नाफा ७१% बढ्यो, साढे २८ करोडको लाभांश क्षमता

Aug 13, 2019 09:03 AM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) को खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७१.८० प्रतिशतले बढेको छ। बैंकले गत आवमा ५५ करोड ७३ लाख खुद मुनाफा आर्जन गरेको हो। यस्तै बैंकको लाभांश क्षमता २८ करोड ५१ लाख कायम छ।

अघिल्लो आर्थिक वर्षमा ३२ करोड ४४ लाख खुद नाफा कमाएको बैंकले २३ करोड २९ लाखले नाफा बढाएको हो। बैंकले कमाएको वितरण योग्य मुनाफा (२८ करोड ५१ लाख) बाट बैंकले १७ प्रतिशतसम्म लाभांश बाड्न सक्ने क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकको शेयरधनी कोषमा उत्कष्ट सुधार भएको छ । आम्दानीका धेरैजसो सूचकहरुमा उत्कृष्ट वृद्धि गरेको बैंकको पूँजीकोष अनुपातमा भने संकुचन आएको छ । यस्तै निक्षेप लागत, आधार ब्याजदर, खराब कर्जा अनुपातमा पनि सुधारिएको छ ।

असार मसान्तसम्म बैंकले २४ अर्ब ८० करोड निक्षेप संकलन गरि २१ अर्ब १६ करोड कर्जा परिचालनबाट एक अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.८३ र कर्जा विस्तार २४.५५ प्रतिशतले बढ्दा ब्याज आम्दानी पनि ४१.९७ प्रतिशतले सुधारिएको छ ।

दुई अर्ब २० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ७१ करोड रुपैयाँ सञ्चित छ । जगेडा कोष करिब २२ प्रतिशतले बढेको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २९ पैसा बाट बढेर २५ रुपैयाँ २२ पैसा कायम भएको छ। बैंकको निष्कृय कर्जा अनुपात घटेर १.५७ प्रतिशतमा, निक्षेप लागत ८.६४,कोषको लागत १६.५६, र आधार ब्याजदर ११.०२ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिशेयर प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५३ पैसा १७७ रुपैयाँ ४० पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ७.८१ गुणा छ ।

बैंकको आज आह्वान गरिएको साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीलाई १७.०७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

यस्तै मर्जर प्राप्तीका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने, आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि सभामा छ।

साधारण सभाका लागि बैंकले साउन २२ गतेदेखि बुक क्लोज गरेको थियो। यसअनुसार साउन २१ गतेसम्म कायम शेयधनीले मात्र बोनस पाउनेछन् । बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ५८ करोड ६९ लाख पुग्नेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।