गरिमा विकास बैंकको खुम्चियो पूँजी कोष, खुद नाफामा २६% बढोत्तरी

Aug 13, 2019 09:31 AM Merolagani



गरिमा विकास बैंक (GBBL) को पूँजी कोष गत आवमा खुम्चिएको छ। अघिल्लो आवमा १९ प्रतिशत माथि रहेको बैंकको पूँजी कोष १४ प्रतिशतमा संकुचित बनेको हो। बैंकले खुद नाफामा भने २६ प्रतिशत बढीले सुधार गरेको छ।

गरिमा विकास बैंकले आव २०७५/०७६ मा ५९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आवमा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा २६.३३ प्रतिशतले बढेको हो। यस्तै बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख छ। यसबाट बैंकले शेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता निमार्ण भएको छ।

दश प्रतिशत बोनसबाट चुक्ता पूँजी दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुर्याएको बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसा बढेर २१ रुपैयाँ २४ पैसा पुगेको छ। बैंकले निक्षेप र कर्जा विस्तारबाट ब्याज आम्दानी बढाउँदा पूँजी वृद्धि र कर्मचारी खर्चको बाबजुत प्रतिशेयर आम्दानीमा सुधार भएको हो।

बैंकको जगेडा कोष ९ करोड ८९ लाख बढेर ४९ करोड ८८ लाख पुगेको छ भने शेयरधनीकोष १४ करोड ६६ लाखले बढेर ४९ करोड ८५ लाख पुगेको छ।

बैंकको आम्दानीका सूचकहरु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रगतिउन्मुख छन् ।

एनएफआरएस वित्तीय विवरण अनुसार बैंकले २६ अर्ब ७८ करोड निक्षेप संकलन गरी २८ अर्ब २० करोड कर्जा लगानीबाट एक अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३५.७७ र कर्जा प्रवाह ५१.२८ प्रतिशतले बढाउँदा ब्याज आम्दानीमा ३७.६५ प्रतिशतको सुधार भएको हो।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.२७ बाट घटेर ०.२० प्रतिशतमा सुधार भएको भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ९६ पैसाबाट बढेर १३५ रुपैयाँ ४६ पैसा पुगेको छ।

बैंकको आधार ब्याजदर ११.०९ प्रतिशत,कोषको लागत ८.६९, कर्जा निक्षेप अनुपात ७७.९१ र मूल्य आम्दानी अनुपात १०.५५ गुणा छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।