ज्योति विकास बैंकले गर्यो क्रमबद्ध तर आकर्षक प्रगति

Aug 15, 2019 09:41 AM Merolagani



ज्योति विकास बैंक(JBBL)ले अन्य साना विकास बैंकहरुलाई आफुमा मिलाएर क्रमबद्ध तर आकर्षक प्रगति गरेको छ । 

विगतमा झिमरुक, हाम्रो लगायतका बिकास बैंकलाई आफुमा मिलाएर अघि बढेको ज्योतिले बोनस समेत वितरण गरी तीन अर्ब १० करोडको चुक्ता पूँजी कायम गरेकोमा निक्षेप १९ अर्ब ५५ करोडबाट २९ अर्ब २३ करोडमा र कर्जा १६ अर्ब १० करोडबाट २५ अर्ब ७८ करोड नघाएर फड्को मारेको मात्रै छैन, खुद नाफा पनि २९ करोड ६२ लाखबाट ५० करोड १ लाख नघाएको छ ।


पूँजी कोष अनुपात १६.२३ प्रतिशत र निस्क्रिय कर्जा अनुपात ०.६४ मात्र रहेको बैंकको प्रतिशेयर आम्दानी ११.६२ बाट १६.१३ रुपैयाँ पुगेको छ । १२७ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आमदानी अनुपात १० गुणा हाराहारीमा हुन आउँछ । बैंकको जगेडा कोषमा ८४ करोड छ, जसमा केही बोनस मात्रै दिनपर्ने रकम पनि रहेको बताईन्छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।