ज्योति विकास बैंकले गर्यो क्रमबद्ध तर आकर्षक प्रगति

Aug 15, 2019 09:41 AM Merolagani



ज्योति विकास बैंक(JBBL)ले अन्य साना विकास बैंकहरुलाई आफुमा मिलाएर क्रमबद्ध तर आकर्षक प्रगति गरेको छ । 

विगतमा झिमरुक, हाम्रो लगायतका बिकास बैंकलाई आफुमा मिलाएर अघि बढेको ज्योतिले बोनस समेत वितरण गरी तीन अर्ब १० करोडको चुक्ता पूँजी कायम गरेकोमा निक्षेप १९ अर्ब ५५ करोडबाट २९ अर्ब २३ करोडमा र कर्जा १६ अर्ब १० करोडबाट २५ अर्ब ७८ करोड नघाएर फड्को मारेको मात्रै छैन, खुद नाफा पनि २९ करोड ६२ लाखबाट ५० करोड १ लाख नघाएको छ ।


पूँजी कोष अनुपात १६.२३ प्रतिशत र निस्क्रिय कर्जा अनुपात ०.६४ मात्र रहेको बैंकको प्रतिशेयर आम्दानी ११.६२ बाट १६.१३ रुपैयाँ पुगेको छ । १२७ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आमदानी अनुपात १० गुणा हाराहारीमा हुन आउँछ । बैंकको जगेडा कोषमा ८४ करोड छ, जसमा केही बोनस मात्रै दिनपर्ने रकम पनि रहेको बताईन्छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।