मुक्तिनाथ विकास बैंकले खुद नाफा यसरी बनायो वाणिज्य बैंककै हाराहारी

Aug 15, 2019 09:57 AM Merolagani



विकास बैंक भएर पनि लघुवित्तको कामलाई उत्तिकै महत्व दिई विपन्न बर्गमा ३० प्रतिशत कर्जा प्रवाह गरेको मुक्तिनाथ विकास बैंक(MNBBL)ले आफ्नो जोखिमलाई अति कम गरी वाणिज्य बैंककै हाराहारीमा खुद नाफा कमाउन सफल भएको छ ।

मुक्तिनाथको खुद नाफा सिभिल र सेन्चुरी जस्ता वाणिज्य बैंककै हाराहारीमा आएर दुबै बैंकलाई चुनौती दिन थालेको छ ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा ३६.९८ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३२ लाख १ हजार आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६२ करोड २८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी देखिएको ४६.०७ वृद्धि र कस्ट अफ फण्ड घट्दा मुनाफा वृद्धिमा सहयोग पुगेको हो। १८.२५ प्रतिशत बोनस बाँडेर पूँजी वृद्धि गरेको बैंकको मुनाफा बढ्दा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५२ पैसाले बढेर २७ रुपैयाँ ८४ पैसा पुगेको छ।  १४६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको मुक्तिनाथको प्रति शेयर आम्दानी २७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा छ।

मुक्तिनाथको निस्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष भन्दा बढे पनि गत वर्ष ०.०७ प्रतिशतमा रहेर विकास बैंक मध्येमा सबैभन्दा तल छ भने निक्षेप २७ अर्बबाट ४१ अर्ब र कर्जा २५ अर्बबाट ३७ अर्ब पुगेको छ।

चुक्ता पूँजी बढाएर दुई अर्ब ५९ करोड नघाएको बैंकले शेयरधनी कोषमा ६२ र जगेडा कोषमा ४२ करोड राखेको छ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।