मुक्तिनाथ विकास बैंकले खुद नाफा यसरी बनायो वाणिज्य बैंककै हाराहारी

Aug 15, 2019 09:57 AM Merolagani



विकास बैंक भएर पनि लघुवित्तको कामलाई उत्तिकै महत्व दिई विपन्न बर्गमा ३० प्रतिशत कर्जा प्रवाह गरेको मुक्तिनाथ विकास बैंक(MNBBL)ले आफ्नो जोखिमलाई अति कम गरी वाणिज्य बैंककै हाराहारीमा खुद नाफा कमाउन सफल भएको छ ।

मुक्तिनाथको खुद नाफा सिभिल र सेन्चुरी जस्ता वाणिज्य बैंककै हाराहारीमा आएर दुबै बैंकलाई चुनौती दिन थालेको छ ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा ३६.९८ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३२ लाख १ हजार आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६२ करोड २८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी देखिएको ४६.०७ वृद्धि र कस्ट अफ फण्ड घट्दा मुनाफा वृद्धिमा सहयोग पुगेको हो। १८.२५ प्रतिशत बोनस बाँडेर पूँजी वृद्धि गरेको बैंकको मुनाफा बढ्दा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५२ पैसाले बढेर २७ रुपैयाँ ८४ पैसा पुगेको छ।  १४६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको मुक्तिनाथको प्रति शेयर आम्दानी २७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा छ।

मुक्तिनाथको निस्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष भन्दा बढे पनि गत वर्ष ०.०७ प्रतिशतमा रहेर विकास बैंक मध्येमा सबैभन्दा तल छ भने निक्षेप २७ अर्बबाट ४१ अर्ब र कर्जा २५ अर्बबाट ३७ अर्ब पुगेको छ।

चुक्ता पूँजी बढाएर दुई अर्ब ५९ करोड नघाएको बैंकले शेयरधनी कोषमा ६२ र जगेडा कोषमा ४२ करोड राखेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।