एनएमबि बैंकले बल्ल डाक्यो साधारण सभा, के के छन् एजेण्डा ?

Jul 26, 2018 Merolagani



एनएमबि बैंक (NMB) ले आर्थिक बर्ष २०७३/७४ को बार्षिक साधारण सभा डाकेको छ । गत आर्थिक बर्ष समेत बितिसक्दा बैंकले बल्ल अघिल्लो आर्थिक बर्षको साधारण सभा डाकेको हो । एनएमबिले साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा दिउँसो साढे २ बजे बाइसाैं बार्षिक साधारण सभा आह्वान गरेको छ । 

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी समयमा नै कायम गर्न नसक्दा बैंकको साधारण सभाको मिति लम्बिएको हो । 

बैंकले एफपिओपश्चात कायम चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पारित गर्देछ ।

बैंकले साधारण सभाका लागि साउन १७ गते विहीबारदेखि सेयरधनी किताब बन्द गर्दैछ । यसअनुसार साउन १६ गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

त्यसैगरि मर्जर तथा एक्विजिशनका प्रकृया बढाउन तथा सो कार्यका लागि आवश्यक अन्य कार्यहरु डिडिए, स्वाप रेसियो निर्धारण र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव साधारण सभामा रहेका छन् ।

साधारण सभाले एक अर्ब १४ करोड चार लाख ९३ हजार ५९५ रुपैयाँको बोनस पारित गरेपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न गत जेठ ३० देखी असार २८ गतेसम्म एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँका दरले निष्काशन गरेको थियो ।

एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यसले गत चैतसम्म पाँच अर्ब ६३ करोड ५४ लाख रहेको बैंकको जगेडा कोषमा बढेर ८ अर्ब २८ करोड बढी पुग्नेछ ।

गत चैत्रसम्म बैंकले ८५ अर्ब २९ करोड निक्षेप संकलन गरेर ७४ अर्ब १ करोड कर्जा परिचालन गरेको बैंकले एक अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको थियो ।

एनएमबि बैंकले विश्व बैंक अन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट डेढ अर्ब रुपैयाँ ऋण ल्याउन राष्ट्र बैंकबाट यसै साता अनुमति पाएको छ । अबको एक सातामा प्राप्त हुने सो रकम बैंकले  १४ प्रतिशत हाराहारीको ब्याजदरमा ऋण प्रवाह गर्ने जनाइसकेको छ ।

आईएफसीबाट लिएको ऋण बैंकले भौतिक पूर्वाधारका क्षेत्रहरु सडक, पुल, सुरुङमार्ग, विमानस्थल, केवलकार र जलविद्युत उत्पादन तथा प्रसारण लाइन निमार्णका लागि लगानी गर्न पाउनेछ । बैंकले यो रकम पर्यटन तथा कृषि क्षेत्रमा पनि लगानी गर्नसक्ने व्यवस्था छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।