हकप्रद बिक्री नभएपश्चात जेबिल्स फाइनान्सले बढायो समय

Jul 29, 2018 Merolagani

जेबिल्स फाइनान्स (JEFL) ले गत असार १० गतेदेखि निष्काशन गरेको ४० प्रतिशत हकप्रद भर्ने समय बढाएको छ । यसअघि हकप्रद भर्ने समय साउन १३ गतेसम्म रहेकोमा फाइनान्स सञ्चालक समितिले १५ दिन समय थप गरेको हो ।

यसपश्चात जेठ २२ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले फाइनान्सको हकप्रदमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड कायम गर्न फाइनान्सले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात २३ लाख ११ हजार ६५० कित्ता सेयर हकप्रद बिक्रीमा ल्याएको हो ।

फाइनान्सको सेयर बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरि सनराईज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्स न्युरोड, सनराईज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

साठी करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जेबिल्सको हकप्रदपछि ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।