बंगलादेश बैंकले बचतको व्याजदर ५ प्रतिशतमा झार्यो

Aug 01, 2018 Merolagani



नेपाल बंगलादेश बैंकले साधारण बचततर्फको व्याजदर ५ प्रतिशतमा झरेको छ । एउटा शिर्षकमा ७ प्रतिशतसम्मको व्याज प्रस्ताव गरेको बैंकले बाँकी सबै शिर्षकका बचत योजनामा ५ प्रतिशत मात्र व्याज दिने भएको हो ।

लगानीयोग्य रकमको अभावमा लामो समयसम्म उच्च व्याजमा निक्षेप तानातान गर्ने होडमा बैंकहरु बसेका थिए । पछिल्ला दिनमा अवस्था केही सहज बन्दै गए पछि क्रमिक रुपमा बचततर्फको व्याजदर घटाउने अभियानमा बैंकहरु लागेका छन् ।

बंगलादेश बैंकले साधारण बचततर्फ कुल ११ शिर्षकका बचत योजना सार्वजनिक गरेको छ । जसमा उसले समृद्धि बचत खातामा मात्र ७ प्रतिशतको व्याजदर प्रस्ताव गरेको छ । बाँकी १० शिर्षकका बचत योजनामा बैंकले ५ प्रतिशतमात्र व्याज दिने भएको हो । बैंकको यो व्याजदर बुधबारदेखि लागू भएको छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।