साढे सात मेगावाट क्षमताको खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न

Aug 05, 2018 RSS



 साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ ।

आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले आयोजनाको निर्माणस्थलमा इन्टेक, पाइपलाइन एक्जावेसन, पानीट्यांकी सोलिङ, कनेक्टिङ प्यानल र पावरहाउसका लागि भवन निर्माणलगायत काम तीव्र गतिमा भइरहेको बताए ।

१ अर्ब ३७ करोड रुपैयाँ लगानीमा निर्माण हुने आयोजना बनाउने काम धौलागिरि र खड्काकृष्ण जेबी कन्सट्रक्सनले जिम्मा लिएका छन् । प्रवद्र्धक कम्पनीको शनिबार काठमाडौँमा भएको विशेष साधारणसभामा प्रबन्धक सञ्चालक डाँगीले अहिलेसम्मको प्रगति सार्वजनिक गर्दै म्यादभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराए । २०७६ को पुस १ सम्ममा काम सम्पन्न गर्ने म्याद भए पनि २०७६ को असारमै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको उनको भनाइ थियो ।

साधारणसभामा तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, पूर्वमन्त्री पर्शुराम खापुङ, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले आयोजनालाई शीघ्ररुपमा सम्पन्न गर्न सुझाव दिएका थिए। जिल्लावासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले रोजगारीसमेत पाएका छन् । आयोजना निर्माणका लागि माछापुच्छे बैंक, नेपाल बंगलादेश बैंक र जनता बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने भएपछि काम भइरहेकोे कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले जानकारी दिए।

आयोजनाका लागि श्रीजुङस्थित मुहानबाट करीब चार किमी लामो पाइपमार्फत पानी ल्याउने तयारी छ । अहिले मुहान र आयोजनास्थल दुवै स्थानमा काम भइरहेको छ । त्यसरी ल्याएको पानी साविक मोराहाङ–४ स्थित पावरहाउसको करीब तीन सय मिटर माथिबाट तल झारेर विद्युत् उत्पादन गरिनेछ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।