नेपाल लाइफमा संस्थापक शेयरधनीको हिस्सा घट्यो, सर्वसाधारणको बढ्यो

Aug 12, 2018 Merolagani



नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) को संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिर्वतन भएको छ । कम्पनीको १८ औं बार्षिक साधारण सभाले पारित गरेको प्रस्ताव बमोजिम दश प्रतिशत संस्थापक शेयर घटाएर साधारणमा रुपान्तरण गरिएको हो ।

कम्पनी संचालक समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा सेयर परिवर्तन गरिएको जनाएको छ ।

अब नेपाल लाइफमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४० प्रतिशत कायम हुनेछ । यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण शेयरधनीको ३० प्रतिशत शेयर रहेको थियो ।

संस्थापक हिस्सा १० प्रतिशतले घटाउँदा करिब ३० लाख ७३ हजार  कित्ता सर्वसाधारणमा शेयर थपिने भएको छ ।

हाल नेपाल लाइफको ४ करोड ३९ लाख ६९ हजार २८६ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चूक्ता पूँजी चार अर्ब ३९ करोड छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।