नेपाल पूँजीबजार संघले बैंकर्स संघका पदाधिकारीलाई भेटेर सेयरधितो कर्जाको व्याजदर बढीमा १० प्रतिशत बनाउन माग गरेको हो ।
संघका अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गएको टोलीले बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानालाई मागपत्र बुझाउँदै मार्जिन कायम भएका लगानीकर्तालाई तर्साउने काम नगर्न भनेको हो ।
पूँजी बजार संघले बैंकर्स संघलाई मागका सम्बन्धमा आफ्नो धारण स्पष्ट पार्न र कार्यान्वायन पक्षलाई तत्काल अघि बढाउन आग्रह गरेको छ । संघका महासचिव नयन बाँस्तोलाले जारी गरेको विज्ञप्तीमा मार्जिन कायम भएका लगानीकर्तालाई बैंकहरुले अत्याउने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न भनिएको छ ।
वाणिज्य बैंकहरुलाई सेयर दलाल व्यवसाय गर्न राष्ट्र बैंकले बाटो खोलिदिएको सन्दर्भमा इच्छुक बैंकहरुलाई अघि सार्न बैंकर्स संघलाई पहल गर्न माग गरिएको छ ।
व्याजदरका सम्बन्धमा जारी अस्वस्थ प्रतिष्पर्धालाई बन्द गरी साना तथा ठुला ऋणीलाई समान व्यवहार गर्न पनि संघले बैंकर्स संघसँग माग गरेको छ ।
