समता माइक्रोफाइनान्सको सेयर लिलामीमा, असोज १४ गतेसम्म आवेदन दिन सकिने

Sep 21, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) ले असोज ४ गतेदेखि संस्थापक र साधारण समूहतर्फ गरि कूल १६ हजार ५६८ कित्ता सेयर लिलामीमा ल्याएको छ । यस सेयरका लागि असोज १४ गतेसम्म आवेदन गर्न सकिने कम्पनीकाे बिक्री प्रबन्धकले जनाएकाे छ ।

समताले १२ हजार ६६८ कित्ता साधारण समूहतर्फ तथा ३ हजार ९०० कित्ता संस्थापक समूहको सेयरमा लिलामी आह्वान गरेको हाे ।

बोलपत्र पेश गर्दा साधारण सेयरका लागि एक सय रुपैयाँ र संस्थापक सेयरको लागि न्यूनतम एक हजार कित्तादेखि लिलामी खुला गरिएको अधिकतम कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलकबोलमा सहभागी हुन सक्नेछन् । 

लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पेश गर्न सकिने जनाइएको छ ।

कम्पनीले असार २७ देखि साउन २९ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदमा जारी गर्दा अवितरित सेयर लिलामीमा ल्याएको हो । बिहीबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ११३७ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको समता माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।